Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


लेष्टर सिटीले लिभरपुललाई ३-१ ले हरायो


0
Shares

सोमबार राती आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लेष्टर सिटीले लिभरपुललाई ३-१ ले हरायो ।

खेलमा लेष्टर सिटीलाई विजयी गराउन जेमी भार्डीले दुई तथा ड्रिङ्कवाटरले एक गोल गरे । पराजित टोली लिभरपुलका लागि फीलीप कौटिन्होले एक सान्तोना गोल फर्काए ।

जितसँगै लेष्टर सिटी लिग तालिकाको १५ औं स्थानमा उक्लिएको छ । २६ खेलबाट उसको २४ अंक भएको छ ।

तालिकामा ६३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ भने ५३ अंकको साथ टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।