Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


प्रधानमन्त्री दाहालसँग भारतीय राजदूतले गरे बिदाइ भेट


0
Shares

आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लागेका रायले बालुवाटारमा प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले राजदूत रायको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिँदै नेपाल र भारत बीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले राजदूत रायको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरुको तिव्रता, दुई देशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता, दुई देशबीच उच्चस्तरीय भ्रमण भएको बताउँदै आगामी दिन यसले थप तिब्रता पाउने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत रायले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिए ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना लगायत उपस्थित थिए ।

Skip This