
आफ्नै मैदानमा भएको खेलमा युभेन्टसले नापोलीलाई ३-१ ले हराएको हो । खेलमा युभेन्टसलाई विजयी गराउन पाउलो डिबालाले पेनाल्टीमार्फत दुई गोल गर्दा गोन्जालो हिगुवानले एक गोल थपे ।
पराजित टोली नापोलीका लागि होजे कालेयोनले एक गोल फर्काए । जीतसँगै युभेन्टसले ईटालीयन कप फुटबलको फाइनल प्रवेशको संभावना बलियो बनाउँदा नापोलीको यात्रा कठिन बनेको छ ।
इटालियन कप फुटबलको दोस्रो सेमीफाईनल खेलमा लाजियो र रोमा भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्