
उम्मेद्वारको मनोनयन दर्ता भएर फागुन १४ गते नामावली प्रकाशित हुँदा अज्ञात समूहले क्याम्पसको विज्ञान संकायको प्रशासनिक भवन तोडफोड गरी विद्यार्थी परिचय पत्र चोरिएपछि निर्वाचन बिथोलिएको हो ।
पोखराका अरु पाँच क्याम्पसमा भने मतदान हुँदैछ । पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, जनप्रिय क्याम्पस र विध्यवासिनी संस्कृत विद्यापीठमा विवादकै बीच निर्वाचन गर्न लागिएको हो ।
सबै क्याम्पसमा बिहान ८ देखि साँझ ५ बजेसम्म मतदान हुने छ । चुनावलाई हेरेर सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।
त्रिवि कार्यकारी परिषद्का अनुसार ३ हजारदेखि माथि मतदाता रहेका क्याम्पसमा २१ जना, १ हजारदेखि ३ हजारसम्म मतदाता रहेको क्याम्पसमा १९ सदस्यीय, २०१ देखि हजारसम्म विद्यार्थी मतदाता रहेका क्याम्पसमा १५ सदस्यीय र २०० कम विद्यार्थी मतदाता रहेका क्याम्पसमा ११ सदस्यीय स्ववियु गठन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्