Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


राजविराजको रुपनी रोडमा सकेट बम फेला


0
Shares

                                                         प्रतिकात्मक तस्वीर

राजविराज–५ रुपनी रोडमै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कुल परिसरभित्र बुधबार विहान सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्नका लागि राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए ।

यसैबीच, बम फेला परेको ठाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहको पर्चा फेला परेको प्रहरीले बताएको छ । यसअघि मङ्गलबार पनि राजविराज–९ स्थित पिसजोन बोर्डिङ स्कुलको छेउमा बम फेला परेको थियो । (रासस)