२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


अमेरिकालाई यस्तो बनाउन चाहन्छन् राष्ट्रपति डोनाल्ड ट्रम्प


0
Shares

कंग्रेसमा पहिलो पटक सम्बोधन गर्दैै राष्ट्रपति ट्रम्पले आशावादको नयां प्रेरणा आएको र असम्भव जस्ता देखिने सपना पूरा हुने संकेत देखिएको बताए ।

अमेरिकी महानताको नयां अध्याय सुरु भएको उनको भनाई थियो । सम्बोधनका क्रममा उनले सबै अमेरिकी सफल हुन अहिलेको जस्तो अराजकताको माहौलमा सम्भव नहुने उल्लेख गरे ।

नीतिगत स्तरमा विचार अलग अलग भएपनि घृणालाई निन्दा गर्न पूरा अमेरिका एकजुट रहेको ट्रम्पको विश्वास थियो ।

उनले ट्रान्स प्यासिफिक पार्टनशिप व्यापार सम्झौताबाट बाहिरिने आफ्नो निर्णयको बचाउ गरे । अमेरिका मेक्सिकोको सीमामा पर्खाल बनाउने योजनामा काम भैरहेको जानकारी दिए ।

नयां आप्रवासी कानुन लागु भएको, बेरोजगारी अन्त्य गरिने, तलबमा सुधार गरिने र अमेरिकी जनतालाई थप सुरक्षित गरिने बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक अतिवादी समुह आईएसलाई नष्ट गरिने प्रतिबद्धता दोहोर्‍याए ।

सम्बोधनका क्रममा ट्रम्पले गरिब बच्चालाई पढाउनका लागि विद्यालयलाई सहयोग गर्न सांसदहरुसंग आग्रह गरे ।

अमेरिकामा रहेका यहुदी समाधिस्थलमा भएको तोडफोडको राष्ट्रपति ट्रम्पले निन्दा गरे । (एजेन्सी)