
भारतीय राजदूत रणजीत रायले बुधबार (आज) आफ्नो तीन वर्ष ६ महिना लामो कार्यकाल पूरा गरेकै दिन भारतले पुरीको नाम राजदूतका लागि सिफारिस गरेको हो ।
भारत सरकारले पठाएको नामको ‘एग्रिमो’ नेपाल सरकारले स्वीकृत गरेपछि पुरी राजदूतकोरुपमा काठमाडौं आउनेछन् ।
सन् १९५९ मा जन्मिएका पुरीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । पुरी भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेमवर्गका राजदूत भएका थिए ।
भारतीय परराष्ट्र सेवामा सन् १९८२ ब्याचका पुरीले संयुक्त राष्ट्रसंघका लागि भारतका उप–प्रतिनिधिकोरुपमासमेत काम गरिसकेका छन् ।
उनले भारतीय सेक्युरिटी काउन्सिलको वरिष्ठ सदस्यकोरुपमासमेत २०११ देखि २०१२ सम्म काम गरेका थिए । उनीसँग विभिन्न देशका नियोगमा रहेर काम गरेको अनुभव छ ।
प्रतिक्रिया दिनुहोस्