काठमाडौं, असार २१ । वृज सिमेन्ट तथा पुष्पतारा केडिया सेवा संस्थाले ‘सगरमाथा कथायात्रा २०१९’ मा सहकार्य गर्ने भएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औंपटक सफल आरोहण गरेका कामीरिता शेर्पाले सन् २०१९ मा सगरमाथा क्षेत्रका बस्तीहरुमा यात्रा गरी हिमाली भेगका कथाहरु संकलन गर्ने अभियानलाई वृज सिमेन्टले साथ दिने जनाएको हो ।
कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत् जानकारी गराएको हो ।
सगरमाथा वरिपरिका बस्तीहरुको सांस्कृतिक, आर्थिक, सामाजिक तथा मौलिक कथाहरु विश्वसामु चिनाउने उद्देश्य रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्