फाइल फोटो
करिब १९ वर्षको अवधिमा मतदाताको संख्या ७५ हजार ६ सय २५ ले वृद्धि भएको छ । वि.सं. २०५४ को स्थानीय निर्वाचनमा दुई लाख ४१ हजार २६ जना मतदाता थिए ।
जिल्ला निर्वाचन कार्यालयको तथ्यांकानुसार वि.सं. २०७० मा भएको संविधानसभाको निर्वाचनमा जिल्लामा दुई लाख ७३ हजार ८ सय तीन मतदाता थिए ।
तीमध्ये दुई लाख १६ हजार पाँच सय २२ मत खसेको थियो । खसेका मतमध्ये दुई लाख सात सय ५९ मत सदर भएको थियो ।
त्यसअघि वि.सं. २०६४ मा भएको संविधानसभा निर्वाचनका समयमा जिल्लामा तीन लाख ८२ हजार पाँच सय ८० मतदाता थिए ।
निर्वाचन कार्यालयकाअनुसार आउँदो स्थानीय निर्वाचनका लागि जिल्लामा २४ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । वि.सं. २०५४ मा ९ राजनीतिक दल स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए ।
तत्कालीन समयको स्थानीय निकायको निर्वाचनमा १३ इलाका, ३६ गाविस र दुई नगरपालिका थिए, जसमा ७० मतदान केन्द्रमार्फत् निर्वाचन गराइएको थियो ।
अघिल्लो स्थानीय निर्वाचनमा मतदाता नामावलीमा नाम दोहोरो, तेहेरोरुपमा परेकाले मतदाता संख्या बढी भएको र अहिले नागरिकता लिइ आफू स्वयं नामावली दर्ता गर्न आउनुपर्ने भएकाले त्यस्तो समस्या नहुने कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।
अहिले राज्य पुनःसंरचना आयोगले दिएको संरचनाको ढाँचा परिवर्तन हुने हो वा होइन भन्ने यकिन नभएका कारण मतदानस्थल र केन्द्र तय भइनसकेको उनले बताए ।
निर्वाचनको मिति तय भएसँगै कार्यालयले मतदाता नामावली संकलनको कामलाई रोकी अद्यावधिक गरिरहेको छ । रासस





प्रतिक्रिया दिनुहोस्