Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, ६ जना घाइते


0
Shares

ढिस्कोले पुरिएर मान्म गाविस–८ का २३ वर्षीया सीता पाण्डेको मृत्यु भएको छ ।

जिल्ला अस्पताल कालीकोटका सिनियर अहेव कटकबहादुर महतकाअनुसार घाइते ६ जनाको अहिले उपचार भइरहेको छ ।

डोजरले घरको जग खनेपछि माटो निकाल्न खाल्डोमा पसेकाबेला सो घटना घटेको हो ।

माटोको ढिस्कोले पुरिएका ती सबैजनाको स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका हुन् । रासस