Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


स्थानीय तहको निर्वाचनमा दुई लाख २६ हजार सुरक्षाकर्मी खटिने


0
Shares

                                                                                    फाइल फोटो
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।

वि.सं. २०७४ वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकायका गरी जम्मा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरी योजनाअनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी, नेपाली सेनाका उपरथी बलदेव महतलगायतको उपस्थिति रहेको थियो । रासस