Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन


0
Shares

काठमाडौं, फागुन १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

बुधबार महाशाखामा पदबहाली गर्दै महाशाखाका प्रमुख लामाले उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारीचापलाई व्यवस्थापन गर्न महाशाखामा कार्यरत् कर्मचारीलाई निर्देशन दिएका हुन् ।

लामाले ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्तिका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल बन्दै गएको भन्दै यसलाई रोक्न सबै पक्षसँग आग्रहसमेत गरे ।

उनले भने–‘उपत्यकामा अत्याधिक धुलोका कारण दैनिक धेरै ट्राफिक बिरामी परेकाले शतप्रतिशत धुलो छेक्ने मास्कको व्यवस्था गरिनेछ ।’

उनले ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन अहिले उत्पन्न समस्यालाई हटाउन प्रयत्न गर्ने बताए ।

लामाले भौतिक पूर्वाधारको अभावले कतिपय ट्राफिकको बसोबास राम्रो नभएको भन्दै भौतिक पूर्वाधार विकासका लागि पहल गर्ने बताए । रासस