Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त


0
Shares

                                                                                   फाइल फोटो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरबारस्थित कार्यालयमा बुधबार बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयंसेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावनादूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले वि.सं. २०७२ को भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनःनिर्माण गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएकाले यस काममा सहभागी हुन आमनेपाली युवालाई आग्रह गरे ।

उनले पुनःनिर्माणका लागि प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा पहिलो चरणमा करिब एक हजार स्वयंसेवक इन्जिनियर विद्यार्थीलाई आगामी शुक्रबारदेखि खटाउन लागेको जानकारी दिए ।

त्यस्तै, कप्तान खड्काले राष्ट्रिय स्वयंसेवकको सद्भावनादूतमा नियुक्त हुनु आफ्ना लागि गौरवको विषय भएको बताए । रासस

Skip This