२० जेष्ठ २०८०, शनिबार | Sun Jun 4 2023


सरकार स्वतन्त्रता निस्तेज पार्न सक्रिय : देउवा


0
Shares

भक्तपुर, फागुन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सबै किसिमका स्वतन्त्रता निस्तेज पार्न सक्रिय रहेको आरोप लगाएका छन् ।

सोमबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले प्रजातान्त्रिक अधिकारमाथिको हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

सभापति देउवाले सरकारले प्रेसमाथिपनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेकाले यसको विरोध गर्ने स्पस्ट पारे ।