२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


श्रीगोपाल प्रजापतिलाई भक्तपुरमा भब्य अभिनन्दन गरिने


0
Shares

जिल्लाका सय भन्दा बढी सामाजिक संघसंस्थाहरुले सामुहिक रुपमा प्रजापतिलाई आउँदो शनिबार २१ गते अभिनन्दन गर्ने विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

उनले सात दशक देखि अनवरत रुपमा वाद्य वादन, विभिन्न सांस्कृतिक नाच र कला क्षेत्रमा विशेष योगदान दिँदै आएका छन् ।

प्रजापतिलाई प्रबल गोर्खा दक्षिणबाहु (चौथौं) देखि दर्जन भन्दा बढी राष्ट्रिय सम्मान दिइसकेको छ ।

महामहिम उप-राष्ट्रपति नन्दबहादुर पुनबाट गरिने अभिनन्दन कार्यक्रममा श्रीगोपाल प्रजापतिको चित्र अंकित मुद्रा, स्मारिका देखि ‘अनवरत सांस्कृतिक पाइला’ नामक पुस्तक विमोजन गरिने जानकारी दिएको छ ।