आलिताल गाविस वडा नं. ३, ४ र ५ का बासिन्दा आफ्नो खेतबारी र ६ सय घरधुरी परिवारको बसोबास सुरक्षित गर्न जिल्ला भूसंरक्षण कार्यालय डडेल्धुराद्वारा सञ्चालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत तटबन्ध र बाँस रोपणमा लागेका हुन ।
आलिताल गाविसको गोदाम बजार पनि बाढीको संक्रमणमा रहेकाले बजार, खेतबारी, बसोबास तथा खानेपानीका मुहान संरक्षण गर्न सुनखोलाको किनारमा ठूल्ठूला तारजालीका पर्खाल र स्परहरु लगाएर स्थानीयले भूसंरक्षणका उपाय अबलम्बन गरिरहेका छन् ।
बर्षेनी मानवीय क्षती बढ्दै गएपछि सुनखोला, रंगुन खोलालगायत खहरे खोला किनारका बासिन्दाले बस्ती जोगाउ अभियान नै शुरु गरेका हुन् ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम जिल्लाको आलिताल, जोगबुढा र शीर्ष गाविसका ३८ हजारभन्दा बढी हेक्टरमा सञ्चालित छ ।










प्रतिक्रिया दिनुहोस्