सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने पाँच गम्भीर घाइतेलाई अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।
तुलसीपुरबाट यात्रु बोकेर नेपालगन्जतर्फ जाँदै गरेको रा१ख ९४१ नम्बरको बस र नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको से१ख १२८७ नम्बरको ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।
रा१ख ९४१ नम्बरको बसका सहचालक तुलसीपुर–१९ कै ३८ वर्षीय गोविन्द शर्मा, मानपुर–२ निवासी ७७ वर्षीय केशरबहादुर खड्का, पञ्चकुले–४ निवासी ७४ वर्षीय भीमबहादुर बुढाथोकी र पञ्चुकले–४ कै ६५ वर्षीया कलावती बुढाथोकी, किरण चौधरीको अवस्था गम्भीर रहेको राप्ती अञ्चल अस्पताल प्रशासनले जनाएको छ । (रासस)










प्रतिक्रिया दिनुहोस्