निगमले विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख दिनेश यादवलाई केन्द्रीय कार्यालय तानेको छ ।
आयल निगमको क्षेत्रिय कार्यालयबाट पर्याप्त इन्धन वितरण गरे पनि वजारमा सहज आपूर्ति मिलाउन असफल भएको निष्र्कष निकाल्दै केन्द्रीय कार्यालयले यादवलाई सरुवा गरेको हो ।
यादवको स्थानमा भानुभतm खनाललाई पठाउने निर्णय निगमले गरेको छ । यसअघि खनाल रक्सोल–अमलेखगन्ज पाइपलाइन प्रोजेक्ट प्रमुखका रुपमा कार्यरत थिए ।
निगमले विराटनगर कार्यालयमा चण्डी कार्की र अभिषेक ठाकुरलाई पनि पठाउने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्