Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


स्थानीय तहको निर्वाचनः युवा नेतृत्व र सर्वसाधारणमा अझै आशंका (भिडियो रिपोर्ट)


0
Shares

शीर्ष नेताहरु निर्वाचन प्रचार गर्न गाउँ प्रवेश नगर्नुले सर्वसाधारण र युवा नेतृत्वमा आशंका जन्मिएको छ ।

स्थानीय तहको निर्वाचन घोषणासँगै राजनीतिक दलका ठूला भनिएका नेताहरु दैनिकजसो राजधानीका पाँचतारे होटलमा हुने चुनावी बहसमा जुटेका छन् ।

फागुनको पारिलो घाममा कतिपय नेताहरु आ–आफ्नो पार्टी कार्यालयको छतमा बसेर चियाको चुस्कीसँगै स्थानीय निर्वाचनको तानाबुना बुनिरहेका छन् । नेताहरु अहिलेसम्म न त गाउँ छिरेका छन् न त तयारीमै छन् ।

नेकपा एमालेका युवा नेता ठाकुर गैरे ‘राजधानीमामात्र निर्वाचनको फुइँया लडाउने नभइ माहोल बनाउन जनताको घरदैलोसम्म पुग्नुपर्ने’ बताउँछन् ।

अरु दलका नेताहरु पनि निर्वाचनको माहोल बनाउन गाउँ जान ढिलाइ भइरहेको स्वीकार गर्छन् । तर, शीर्ष नेताले ठोस निर्णय नगर्दा उनीहरु अलमलमा छन् ।

नेपाली कांग्रेसका युवा नेता टेकराज पौडेल संविधानमा प्राप्त उपलब्धि संस्थागत गर्न संविधान प्रचार–प्रसार गर्दै गाउँ जान ढिला गर्न नहुने बताउँछन् ।

स्थानीय तहको निर्वाचन गर्न जति हतारो छ, संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको टुंगो लगाउन पनि त्यत्तिकै चटारो पनि छ ।

त्यसैले दलहरुले सबै विवाद तत्काल टुंगोमा लगाएर निर्वाचनमा गइहाल्नुपर्ने बताउँछन्, राप्रपाका युवा नेता कैलाश कटुवाल । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।