Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


स्ववियु निर्वाचन परिणामः कहाँ–को विजयी ?


0
Shares

भक्तपुर
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भक्तपुरका दुईओटै क्याम्पसमा संयुक्त प्यानलले विजयी हासिल गरेको छ ।

भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र नेमकिपानिकट नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त समूह विजयी भएको छ ।

अध्यक्षमा दिनेश खड्गी, सचिवमा विवेक लामिछाने, कोषाध्यक्षमा मिलन गणेजू र सदस्यहरूमा विकल कुसी, झरना बोहरा, रिजना ग्वाछा, किशोर गोसाई, विनिता रिजाल, सुदीप घोरसाइनी र पुकार पराजुली विजयी भएका छन् ।

त्यसैगरी, सानोठिमी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघको संयुक्त समूह विजयी भएको छ ।

स्ववियुको अध्यक्षमा रमेश खड्का, सचिवमा रामबहादुर केसी, कोषाध्यक्षमा पार्वती शर्मा र सदस्यहरूमा रेशमलाल श्रेष्ठ, वर्षा लम्साल, टिकेन्द्रप्रसाद भट्ट, भूषण तामाङ, यङजोर कार्की, ताराबहादुर कार्की, पूजा फुयाँल निर्वाचित भएका छन् ।

गोरखा
गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा बुधबार राति सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सभापतिमा नेपाल विद्यार्थी संघका प्रवीन बस्नेत विजयी भएका छन् ।

सचिवमा नेवि संघकै पूजा न्यौपाने, कोषाध्यक्षमा नेवि संघकै शोभा थापा विजयी भएका छन् ।

यस्तै, सदस्यमा नेवि संघका दीपाश्री भट्टराई, शिवहरि तिमल्सेना, हसिना मियाँ, निर्मल श्रेष्ठ र राजु कोइराला तथा नयाँ शक्ति विद्यार्थी युनियनका राजकुमार गुरुङ विजयी भएका छन् ।

म्याग्दी
म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ ।

निर्वाचनमा अनेरास्ववियुकी सावित्रा खत्री सभापतिमा, सचिवमा दलबहादुर रोका, कोषाध्यक्षमा दिनेश सुवेदी तथा सदस्यमा रश्मी रोका मगर, सिर्जना घर्तीमगर, भावना क्षेत्री, सुष्मा खत्री, कर्णबहादुर मल्ल र स्वस्तिका नेपाली विजयी भएका छन् ।

बाबियाचौरस्थित मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको पूरै समूह विजयी भएको छ ।

कन्चनपुर
कन्चनपुरका तीनओटा क्याम्पसमध्ये दुईमा नेपाल विद्यार्थी संघ र एकमा अनेरास्ववियु सभापतिमा विजयी भएको छ ।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीमा नेवि संघका आशा भट्ट र रामपुर बहुमुखी क्याम्पसमा सो संगठनकै भगत राना सभापतिमा विजयी भएका छन् ।

महाकाली बहुमुखी क्याम्पस बेलौरीमा अनेरास्ववियुका सुशील चौधरी सभापतिमा विजयी भएका छन् ।

रौलेश्वर क्याम्पसको सचिवमा अखिलका आशिष विष्ट, कोषाध्यक्षमा नेवि संघका राजेश्वरी राना निर्वाचित भएका छन् । सदस्य पदमा रेवती ऐर, गौरी नेपाली, टेक सुनार, सुनिता विष्ट निर्वाचिन भएका छन् ।

रामपुर बहुुमुखी क्याम्पसमा सचिव पदमा नेवि संघका माया चौधरी, कोषाध्यक्षमा गीता विष्ट निर्वाचित भएका छन् । महाकाली बहुमुखी क्याम्पसमा सचिवमा भगवती पाण्डे, कोषाध्यक्षमा मदनराज गिरी निर्वाचित भएका छन् ।

सोलुखुम्बु
सोलुखुम्बु बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका विक्रान्त कुलुङसहित पूरै समूह, सोताङ पब्लिक क्याम्पसमा नेवि संघकै धीरज राईसहित अनेरास्ववियुको संयुक्त समूह, हिमाल दर्शन क्याम्पस नेचामा नेवि संघकै उद्योग राईसहित नेवि संघको समूह निर्वाचित भएको छ ।

यस्तै, दूधकोसी बहुमुखी क्याम्पस नेचामा नेवि संघका ताराबहादुर खत्रीसहितको समूह, बीपी संस्कृत विद्यापीठमा अखिल क्रान्तिकारीका युवराज बाँस्तोला नेतृत्वको समूह निर्वाचित भएको छ ।

झापा
झापाको निर्वाचन भएका ९ मध्ये तीनओटा क्याम्सपमा नेवि संघले जित हात पारेको छ ।

गठबन्धन र एकलसहित नेवि संघले गौरीगन्ज बहुमुखी क्याम्पस गौरीगन्ज, गरामनि क्याम्पस र काँकडभिट्टा क्याम्पसमा जित हासिल गरेको हो ।

एमालेनिकट अनेरास्ववियुले गौरादह क्याम्पस र त्रिदेव क्याम्पस, चारआलीमा जित हासिल गरेको छ भने देवी क्याम्पसमा अखिल क्रान्तिकारीको समूह नै विजयी भएको छ ।

गौरीगन्ज बहुमुखी क्याम्पसमा नेवि संघका देवकुमार ताजपुरिया सभापतिमा, गुञ्जन कोइराला सचिव र अखिल र राप्रविसंघ संयुक्त समूहका षडानन्द यादव विजयी भएका छन् ।

गरामनिस्थित दुर्गा क्याम्पसको सभापतिमा संयुक्त समूहका विनोद उप्रेती सचिवमा युवराज भुजेल र कोषाध्यक्ष सरोज न्यौपाने खत्री विजयी भएका छन् ।

गौरादह बुहुमुखी क्याम्पसको सभापतिमा कमल पौड्याल, सचिवमा अखिलका झलनाथ ढुंगाना र कोषाध्यक्षमा अखिलकी मेनुका पाठक विजयी भएका छन् ।

काँकडभिट्टा बहुमुखी क्याम्पसको सभापतिमा नेवि संघका सुरज सुवेदी, सचिवमा सञ्जिव थापा र कोषाध्यक्षमा दिलिसा श्रेष्ठ विजयी भएका छन् भने त्रिदेव बहुमखी क्याम्पस चारआलीमा अनेरास्ववियुको समूहबाट सभापतिमा लक्ष्मीप्रसाद न्यौपाने, सचिवमा मुकुन्द तामाङ र कोषाध्यक्षमा मुना मिश्र विजयी भएका छन् ।

देवी क्याम्पस बिर्तामोडको सभापतिमा अखिल क्रान्तिकारीका पदम खड्का विजयी भएका छन् ।

बर्दिया
बर्दियाका १० ओटा क्याम्पसमध्ये सातओटामा भएको निर्वाचनमा चुरे बहुमुखी क्याम्पस वग्नाह, अमर सहिद बहुमुखी क्याम्पस राजापुर, बासगढी बहुमुखी क्याम्पस बासगढी, बर्दिया बहुमुखी क्याम्पस र शारदा बहुमुखी क्याम्पस मैनापोखरमा नेपाल विद्यार्थी संघ सभापति पदमा विजयी भएको छ ।

यसैगरी, गुराँस बहुमखी क्याम्पस सानो श्रीमा अखिल र अखिल क्रान्तिकारीको संयुक्त समूह सभापतिमा विजयी भएको छ । रासस