
न्यायालयले बालबालिकालाई विद्यालय वा घर कतैपनि शारीरिकरुपमा कस्ट पर्ने गरि सजाय दिन नपाउने निर्णय गरेको हो ।
राजधानी हरारेका एक अभिभावकले कक्षा–१ मा पढ्ने आफ्नो ६ वर्षीया छोरीलाई शिक्षकले निर्मम पिटेपछि उजुरी दिएकी थिइन् । न्यायालयको यस निर्णयलाई संवैधानिक अदालतले भने सदर गर्न बाँकी नै छ ।
यो निर्णय सदर भए दक्षिण अफ्रिकीमुलुक जिम्बाब्वेमा दशकौंदेखि आफ्ना बालबालिकालाई नियन्त्रणमा राख्न अभिभावकले गर्ने व्यवहारमा परिवर्तन आउने अपेक्षा गरिएको छ ।
केही अभिभावकले भने उच्च न्यायालयको निर्णयको आलोचना गरेका छन् । तर, अधिकारकर्मीहरुले भने यस्तो निर्णय पहिल्यै आउनुपर्ने बताएका छन् ।
जिम्बाब्वेमा विद्यार्थीहरुलाई शारीरिकरुपमा कस्ट पुग्ने गरी दिइने सजाय सामान्य रहने गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्