
विहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक रुपन्देही–११ लाई ‘ट्राइबेकर’मा ४–२ ले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
निर्धारित् ९० मिनेट र त्यसपछि थपिएको २० मिनेटमा पनि दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि आर्मीले ट्राइबेकरमा बाजी मार्दै फाइनलमा स्थान बनाएको हो ।
ट्राइबेकरमा आर्मीका हिरण्य मगर, राजु तामाङ, विवेक बस्नेत र सन्तोष तामाङले बललाई जाली चुमाएका थिए ।
त्यस्तै, रुपन्देहीका शौरव मगर र उत्तम गुरुङले गोल गर्दा अर्का दुई खेलाडी एमबोला र सामसन गोल गर्नबाट चुके ।
एमबोलाको प्रहार पोस्टबाहिर गयो भने सामसनको प्रहार आर्मीका गोलरक्षकले बचाएका थिए थिए ।
अब आर्मीले उपाधिका लागि शनिबार संकटा क्लबको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्