यसदिन पनि बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर १३ सय २९ मा पुग्यो । अन्य र उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूह उकालो लागे ।
होटल समूह सबैभन्दा उच्च १ सय १३ अंकले उकालो लाग्यो । बीमा समूहमा ९५ अंकको बृद्धि आयो । जलविद्युत् समूह २९ अंकले बढ्यो । वाणिज्य बैंक र विकास बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो । अन्य र उत्पादनमूलक समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको ९ लाख २८ हजार कित्ता सेयर ४१ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्