Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


बीपी राजमार्ग : सडक भासिएपछि भीरमा डाइभर्सन, यात्रा जोखिमपूर्ण


0
Shares

सुख्खा पहिरो गएर सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सुचारु गरिए पनि यात्रा भने जोखिमपूर्ण रहेको स्थानीयले बताएका छन् । बनेपा–सिन्धुली–बर्दिबास सडक आयोजनाले खुलाएको डाइभर्सन सडक उकालो, साँघुरो र धुलाम्मे भएका कारण सवारी साधनको आवागमन असुरक्षित बन्दै गएको हो ।

१० दिनअघि बीपी राजमार्गको सितलपाटी गाविसको भलायोटार भीरको करिव ३० मिटर पक्की सडक सुनकोशी नदीमा खसेपछि निर्माण गरिएको डाईभर्सन कच्ची सडकबाट एकतर्फी मात्र सवारी साधन सञ्चालन गर्नुपर्दा खाल्टे खुर्कोटमा लामो समयसम्म सवारी जाम हुने गरेको छ ।

कच्ची सडक धुलाम्मे भएका कारण यातायात सञ्चालनमा पनि निकै कठिनाई हुने गरेको चालकहरु बताउँछन् ।