काठमाडौंमा हिजोदेखि शुरु भएको लगानी सम्मेलनमा उर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी, कृषि तथा वनसहित ९ विषयमा विभिन्न सत्र भइरहेका छन् ।
छलफल सत्रमा क्षेत्रगत विज्ञ, लगानीकर्ता, कुटनीतिक नियोगका प्रतिनिधिलगायत सरोकारवाला निकाय रहेका छन् । छलफलले लगानीका क्षेत्र पहिचान र नेपालको नीतिगत तथा प्रशासनिक व्यवस्था र सुधारका उपायहरुको खोजी गर्ने बताइएको छ ।
सम्मेलनमा नेपालबाहेक २३ मुलुकका २ सय ७५ व्यक्ति तथा कम्पनी सहभागी छन् । दुई छिमेकी मुलुक भारत र चीनसहित बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रसिया, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायतका मुलुकका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् ।









प्रतिक्रिया दिनुहोस्