स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को परीक्षा तालिका सार्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म हुनेछ । यसअघि वैशाख २४ देखि परीक्षा हुने तालिका निकालिएको थियो ।
कक्षा १२ को परीक्षा तालिका भने पुरानै मितिमा हुनेछ । कक्षा १२ को परीक्षा भने चुनावले प्रभावित नहुने गिरीले बताए ।
कक्षा १२ को परीक्षा भने वैशाख १० देखि २२ सम्म तय भएको छ । सरकारले स्थानीय चुनावको मिति वैशाख ३१ गतेका लागि तोकेको छ ।










प्रतिक्रिया दिनुहोस्