२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ढिलोचाँडो मधेसवादी दलहरु पनि चुनावमा आउँछन् : देउवा


0
Shares

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै देउवाले ढिलोचाँडो मधेसवादी दलहरु पनि चुनावका लागि सहमत हुने विश्वास व्यक्त गरे ।

उनले मुलुकको दिगो विकासमा प्राज्ञिक वर्गको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले मुलुकमा रहेका विश्वविद्यालयहरुलाई अझैपनि व्यवस्थित र समयानुकूल वनाउन नसकिएको बताए ।

उनले विश्वविद्यालयको पछिल्लो अवस्थाप्रति ध्यान दिन सरकारसँग आग्रह गरे ।

कार्यक्रमका सहभागी प्राध्यापकहरुले नेपालको पछिल्लो विश्वविद्यालयहरुको अवस्था र संघको आगामी नेतृत्वले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो भनाइ राखेका थिए ।