Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘जलविद्युत्को क्षेत्रमा सहकार्य गर्न इच्छुक छौं’


0
Shares

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग उनले शुक्रबार बिहान भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।

प्रधानमन्त्रीले भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनःनिर्माणमा राम्रो प्रगति गरेको प्रसंग उल्लेख गरेको उनका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले नेपालको सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको बताएका थिए ।

सो अवसरमा कृषि, प्रविधि, जलविद्युत् र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

भियतनामका विदेशमन्त्री चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको बताएका थिए ।

चाउले जलविद्युत्को क्षेत्रमा भियतनामले पनि नेपालसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए । रासस