
शुक्रबार राजधानीमा सम्पन्न संघको चौंथो साधारणसभाले निवर्तमान महासचिव दीपक श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको महासचिवमा शिवसुन्दर गोथे निर्वाचित भएका छन् ।
यसअघि, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले साधारणसभाको उद्घाटन गरेका थिए ।
उद्घाटनसत्रमा बोल्दै सदस्यसचिव बिष्टले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकासमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यस्तै, संघका अध्यक्ष दीपक बिष्टले आफ्नो दुई कार्यकालमा इमान्दार भएर नेपाली खेलकुद र खेलाडीको विकासमा लागिपरेको दाबी गरे ।
यसैबीच, संघले आफ्नो चौंथो साधारणसभाको अवसरमा अल्ट्राधाविका मीरा राई तथा पर्वतारोही सन्जय पण्डितलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्