Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


इच्छाविपरीत रङ दल्ने र लोला हान्ने काम गरेमा कारबाही : गृह मन्त्रालय


0
Shares

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा शुक्रबार जारी विज्ञप्तिमा त्यस्तो काम कोही–कसैले नगर्न/नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असरपार्ने लोलाको आयात र बिक्री–वितरण नगर्न अनुरोध गरिएको छ ।

मन्त्रालयको सूचनाविपरीत कसैको इच्छा/स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ गते र तराईका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ । रासस