पार्टी कार्यलयमा शुक्रबार २७ जना पदाधिकारीलाई मनोनीत गर्दै उनले अनिर्णयको प्रमुख कारक नेपाली कांग्रेस भएको र माओवादी केन्द्र तथा नेकपा एमालेको सहयोगी भूमिका रहेको जिकिर गरे ।
कांग्रेस र माओवादीले अरु दलहरुलाई निषेध गरी अघि बढेको र मधेसको समस्या समाधान गर्ने वातावरण बनाउन नसकेको आरोप थापाको थियो ।

सो अवसरमा उनले २७ जना पदाधिकारीको मनोनयनको घोषणा पनि गरे ।
जसमध्ये ६ जना उपाध्यक्ष, ५ जना महामन्त्री, ४ जना सहमहामन्त्री, ६ जना सहायक महामन्त्री, ३ जना प्रवक्ता, एकजना कोषाध्यक्ष र एकजना सहायक कोषाध्यक्ष रहेका छन् ।
यसअघि, शुक्रबारै बसेको राप्रपा बैठकले चुनाव चिह्न गाई नै कायम गर्ने र चैत ८ गते देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्