नेपाल–भियतनाम उद्योग वाणिज्य संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले पूर्वाधार, सूचना तथा प्रविधिमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् ।
सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलनले लगानीकर्तालाई सकारात्मक सन्देश दिएको भन्दै उनले नीतिगत एवं प्रक्रियागत प्रणाली सरल बनाउन आग्रह गरे ।
उनले दुई देशबीच धार्मिक तथा सामाजिक समानता भएको भन्दै धार्मिक पर्यटनमा धेरै सम्भावना भएको बताए ।
नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको भन्दै भियतनामीहरु नेपाल भ्रमण गर्न उत्सुक रहेको बताए ।
उनले दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्