२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


इराकको मोसुलमा रसायनिक हतियारको प्रयोग, १२ जना घाइते


0
Shares

१२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आक्रमणमा ५ जना बालबालिका सहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर छ ।

आक्रमणमा कुन रसायन प्रयोग गरिएको भन्नेबारे पत्ता नलागेपनि घाइते सबैको उपचार रसायनिक हमलाको पीडितको रुपमा भैरहेको छ ।

अन्तर्राष्ट्रिय कानूनमा त्यस्ता रसायनिक आक्रमण प्रतिबन्धित छ । अतिवादी इस्लामिक संगठन आइएसले आक्रमण गरेको अनुमान गरिएपनि जिम्मेवारी भने कसैले लिएको छैन । (एजेन्सी)