चार बर्षअघि सिमरा विमानस्थलमा रातमा नियमित उडान र अवतरण गर्न २० करोड खर्चेर तयार पारेको भौतिक पूर्वाधार विमानले रात्री उडान नभर्दा उपयोगविहीन भएको हो ।
बुद्ध एयरले साना र ठूला गरी ७ र सिम्रिक एयरलाइन्सको एउटा गरी दैनिक ८ उडान भरिरहेको विमानस्थलको प्रायः बारा, पर्सा रौतहट सर्लाहीका उद्योगी ब्यापारी र भारतीय यात्रुले प्रयोग गर्ने गर्दछन् ।
उता, निजी कम्पनी बुद्ध एयरले रात्रीकालिन उडानका लागि अनुमति लिएपनि जाडोमा मौसम सुधार नभएको भन्दै चैत्रदेखि मात्र सेवा थाल्ने निर्णय गरेको विमानस्थलका प्रमुख निराजन काफ्लेले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्