Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


वेष्टइंडिजबिरुद्धको एकदिवसीय क्रिकेटमा इंगल्याण्ड ४५ रनले विजयी


0
Shares

श्रृंखलाअन्तर्गत नर्थ साउण्डमा भएको पहिलो एक दिवसीय खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २९६ रन जोड्यो ।

वेष्टइंडिजबिरुद्ध चुनौतीपूर्ण स्कोर खडा गर्ने क्रममा कप्तान इयान मोर्गनले १ सय ७ रनको योगदान गर्दा बेन स्टोक्सले ५५ तथा ओपनर साम बिलिङ्सले ५२ रन जोडे ।

खेलमा २९७ रनको लक्ष्य पछ्याउदै जबाफी ब्याटिङमा उत्रिएको वेष्ट इंडिज ४७ दशमलब २ ओभरमा २५१ रन बनाउदै अलआउट भयो ।

उसका लागि जासोन मोहम्मदले सर्वाधिक ७२ तथा जोनाथन कार्टरले ५२ रन जोडेपनि त्यसले टोलीको पराजय टार्न सकेन ।

वेष्टइंडिजलाई रोक्ने क्रममा इंगल्याण्डका लियाम प्लंकेट र क्रिश वक्सले उत्कृष्ट प्रदर्शन गर्दै ४–४ विकेट लिए ।