१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एमाले केन्द्रीय कमिटीमा एकैपटक २० जना मधेसी र थारु नेता मनोनित


0
Shares

शुक्रबार राति झापाको बिर्तामोडमा बसेको स्थायी कमिटी बैठकले एकैपटक २० जना मधेसी र थारु नेतालाई केन्द्रीय कमिटीमा मनोनित गरेको हो ।

मधेशका जिल्लामा मेची-महाकाली अभियानलाई मधेशी मार्चाले अबरोध गर्न थालेका बेला अभियान थाल्नुअघि एकैपटक एमालेले २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुनेमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरिनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् ।

८ जनालाई भने बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

amale

उनीहरुमा नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

कैलालीका हनुमान चौधरी र मायाराम चौधरीलाई भने केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरिएको छ ।

वैकल्पिक सहित १८५ सदस्य रहेको एमाले केन्द्रीय कमिटी अब २०५ सदस्यीय बनेको छ ।