
धेरै क्लबले आर्थिक संकट ब्यहोर्नु परेका बेला फुटबलरहरु पनि आन्दोलनमा उत्रिएका हुन् । थुप्रै महिनाको तलब नपाएपछि खेलाडीहरु हड्तालमा उत्रिएका हुन् ।
फुटबलरहरुको युनियनले तलब नपाउँदासम्म नखेल्ने बताएको छ । हड्तालमा दुई सयभन्दा बढी अर्जेन्टिनी क्लबका खेलाडी आवद्ध छन् ।
अर्जेन्टिना फुटबल एशोसिएनका उच्च अधिकारी टेलिभिजन प्रशासन अधिकारलाई लिएर आर्थिक अनियमितामा फसेपछि संकट सुरु भएको बताइएको छ ।
संकट समाधान गर्न भन्दै सरकारले बिहीबार फुटबल एशोसिएसनलाई २२ मिलियन डलर दिएको थियो । तर, खेलाडी संघले यो रकम अपर्याप्त भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्