
चिनियाँ जनकंग्रेसको वार्षिक सम्मेलनअघि रक्षा बजेट वृद्धिको घोषणा गरिएको हो । यो वृद्धि सन् २०१७ मा चीनको प्रक्षेपण गरिएको कुल ग्राहस्थ उत्पादनको १ दशमलव ३ प्रतिशत हो ।
यसबारे चिनियाँ प्रधानमन्त्री ली क्वानले जनकंग्रेसको सम्मेलनमा विस्तृत्रुपमा जानकारी दिने बताइएको छ ।
क्षेत्रीय शान्ति–सुरक्षा कायम राख्न रक्षा बजेट बढाउन आवश्यक रहेको चिनियाँ अधिकारीहरुले जिकिर गरेका छन् ।
चीनले अर्थतन्त्रको विस्तारसँगै सैन्यशक्तिलाई तीव्र आधुनिकीकरण गरिरहेको छ । तर, चीनको रक्षा बजेट अमेरिकाकोभन्दा कम नै छ ।
हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा बजेट १० वृद्धि गर्ने घोषणा गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्