२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


अफगानिस्तानमा सांसदमाथि गोली प्रहार


0
Shares

हेल्मन्ड प्रान्तका सांसद मलिम मिर वालीमाथी शनिबार बिहान आक्रमण भएको सरकारी उच्च अधिकारीले जानकारी दिएका छन् ।

आक्रमणबाट उनी गम्भीर घाइते भएका छन् । उनको अघिल्लो भागमा गोली लागेको छ । कान्दहर क्षेत्रीय अस्पतालमा उनको उपचार भइरहेको उनीहरुको भनाइ छ ।

घटनाकाबारेमा अनुसन्धान गर्न प्रान्तीय प्रहरीले टोली खटाइसकेको जनाएको छ । चाँडै नै दोषीलाई पक्राउ गरी घटना विवरण सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

आक्रमणको अहिलेसम्म कुनैपनि समूहले जिम्मेवारी लिएको छैन ।

गत वर्षमात्रै अफगानिस्तानभरि भएका यस्ता आक्रमणमा परी ६५० भन्दा बढीको मृत्यु भएको र अरु ५६० भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएका छन् । रासस/सिन्ह्वा