
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै संकटाले उपाधि जितेको हो ।
यो सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा रहेको आर्मीले प्रारम्भिक अग्रता लिएर पनि हारको सामना गर्नुपर्यो ।
खेलको ३०औं मिनेटमा राजीव गुरुङको गोलबाट आर्मीले अग्रता लिएको थियो । तर, संकटाले मध्यान्तर सकिनुअघिको इन्जुरी समयमा गोल गर्दैै बराबरी गर्यो । निराजन खड्काले संकटालाई बराबरी गोल दिलाए ।
८५औं मिनेटमा निराजनले पुनः अर्को गोल गर्दै संकटालाई जिताए ।
संकटाले आर्मीलाई तेस्रोपटकको फाइनल भिडन्तमा पराजित गर्दै उपाधि जितेको हो । यसअघि वर्षका दुई उपाधि जित्दा संकटाले आर्मीलाई हराएको थियो ।
संकटाले चितवनमा भएको विकास रनिङ सिल्ड र सिमरा गोल्डकप फुटबलको फाइनलमा आर्मीलाई हराएर उपाधि जितेको थियो ।
तर, चितवनमै नेपाल कप, दुहबी गोल्डकप र हेटौंडा गोल्डकप जितेको आर्मी भने चौथो उपाधि जित्न चुकेको छ ।
प्रतिक्रिया दिनुहोस्