Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


पूर्वाञ्चल महोत्सवमा रु तीन करोडको कारोबार


0
Shares

नेपाल उद्योग वाणिज्य सङ्घ झापाको आयोजनामा दश दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब रु तीन करोड बराबरको कारोबार भएको झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्माले जानकारी दिए। 

झापासहित इलाम, मोरङ, पोखरा, धादिङ तथा भारतका विभिन्न स्थानबाट दैनिक चार सयभन्दा बढीले महोत्सव अवलोकन गरेको उनले बताए ।

महोत्सव उत्साहजनक नभए पनि निराशाजनक पनि नरहेको झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेतले बताए ।

महोत्सवले नेपालको पुरानो नगरी भद्रपुरको आर्थिक समृद्धि र विकासमा सहयोग पुर्‍याएको स्थानीयवासी आदित्य पौडेलले बताए । फागुन १२ गतेदेखि सुरु भएको महोत्सव २१ गते सम्पन्न भएको छ । रासस