१२ चैत्र २०७९, आइतबार | Mon Mar 27 2023


नेपाली कामदारमाथिको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्रीलाई आग्रह


0
Shares

काठमाडौं, असार २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन् ।

मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग बिहीबार भएको टेलिफोन वार्तामा उनले उक्त आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ ।

सरकारले बढी शुल्क लिने नेपाली व्यवसायीलाई कारबाही प्रक्रिया पनि अगाडि बढाएको छ ।

मन्त्री ज्ञवालीले मलेसियाका विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह स्वीकार गर्दै मलेसियाली विदेशमन्त्रीले कूटनीतिक माध्यमबाट भ्रमणकाबारेमा जानकारी दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्कका विषयमा आफूले गम्भीरतापूर्वक लिने विश्वास मलेसियाका विदेशमन्त्रीले परारष्ट्रमन्त्री ज्ञवालीलाई दिलाएको पनि मन्त्रालयले जनाएको छ । रासस