८ असार २०८१, शनिबार | Sat Jun 22 2024


सुनसरीमा हिन्दु–मुस्लिम झडप साम्य भयो, दोषीमाथि कारवाही गरिने


0
Shares

जिल्ला प्रशासन कार्यालय सुनसरीले घटनाबारे छानविन गरी दोषी उपर कारवाही गर्न समिति गठन गरेपछि झडप साम्य भएको हो । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए ।

छानविन समतिले दश दिनभित्र प्रतिवेदन बुझाएपछि दोषीमाथि कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।