Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


सागले मूल्य नपाउँदा किसान चिन्तित


0
Shares

अघिल्ला वर्षहरुमा प्रतिमुठा २० रुपैयाँसम्ममा बिक्री हुने साग यो वर्ष प्रति मुठा पाँच रुपैयाँमा पनि बिक्री नहुँदा कृषक समस्यामा परेका हुन् । तराईका जिल्लाबाट माग कम भएकाले कृषकले मूल्य नपाएको स्थानीय ब्यापारी बताउँछन् ।

धनकुटामा वार्षिक २ सय ५५ हेक्टरमा गरिने खेतीबाट ३ हजार ९० मेट्रिक टन साग उत्पादन हुने गरेको छ । धनकुटा र पाख्रिवास नगरपालिकाका विभिन्न क्षेत्रसहित सिधुवा, ताङ्खुवा मुर्तिढंगा, डाँडाबजार, भेडेटारलगायतका क्षेत्रमा किसानले व्यवसायिक रुपमा साग उत्पादन गर्ने गर्दछन् ।

धनकुटामा उत्पादित साग पूर्वका धरान, ईटहरी, विराटनगर, दमकलगायतका बजारसम्म पुग्ने गरेको छ ।