Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


मधेसी मोर्चासहितको सहभागितामा चुनाव हुन्छ : प्रधानमन्त्री


0
Shares

आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले मधेसी मोर्चासँग जारी संवाद सकारात्मक रहेको भन्दै मोर्चाको सहभागितामा तोकिएकै समयमा चुनाव हुने दाबी गरे ।

स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिकाले मधेसी मोर्चासँग सहमतिको खोजी भइरहेको उनको भनाइ थियो ।

उनले भने, ‘मेरो नेतृत्वको सरकारको कोसिस भनेको हिमाल, पहाड र मधेसलाई मिलाएर मोर्चा, थारु, आदिवासी जनजातिको समस्यालाई पनि अधिकतम सम्बोधन गर्दै सबैलाई सहभागी गराएर संविधान कार्यान्वयन गर्ने नै हो ।’

प्रधानमन्त्री दाहालले चुनावपछि पनि संविधान संशोधन गर्न सकिने भन्दै सबै दलको सहमतिमा संशोधन प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।