
विभिन्न उमेर समूहको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका धमला र ऐरी सिनियर टोलीको जर्सीमा भने पहिलो पटक देखिनेछन् । १४ सदस्यीय टोलीका अन्य खेलाडीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, बिनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने र आरिफ शेख रहेका छन् ।
यसैगरी अलराउण्डर मेहबुब आलम पनि राष्ट्रिय टोलीमा फर्किएका छन् । राजेश पुलामी मगर, अभिनाश कर्ण, भुवन कार्की र दिलिप नाथलाई वैकल्पिक खेलाडीमा राखिएको छ । हालै भारतमा सम्पन्न तीनवटा अभ्यास खेलमा गरेको प्रदर्शनलाई आधार मानेर नेपाली टोलीको छनोट गरिएको हो ।
आईसीसी विश्व क्रिकेट लिगमा नेपालले आगामी शनिबार र सोमबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा केन्या विरुद्ध दुईवटा एक दिवसीय खेल खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्