Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मुलुक समृद्ध भएको हेर्न नचाहने शक्ति निर्वाचनको विरोधमा : ओली


0
Shares

मेची–महाकाली अभियानका क्रममा आइतबार मोरङको विराट चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले स्थानीय तहको चुनाव अहिलेको अपरिहार्य आवश्यकता रहेको बताए । स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुन जरुरी रहेको भन्दै उनले आफ्ना टोल छिमेकका प्रतिनिधि चुन्न पाउने जनताको अधिकार कसैले खोस्न नसक्ने जिकिर गरे ।

आमसभालाई एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल लगायतले पनि सम्बोधन गरेका थिए ।

शनिबार झापाको काँकडभिट्टाबाट शुरु भएको एमालेको मेची–महाकाली अभियान विर्तामोड, दमक हुँदै आइतबार मोरङका उर्लाबारी, मंगलबारे, डाँगीगाउँ, बेलबारी हुँदै अघि बढेको छ ।