२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्व निर्धारितबाहेक कुनै पनि क्याम्पसमा स्ववियु चुनाव नगराउन निर्देशन


0
Shares

आयोगले पूर्वनिर्धारित कार्यतालिका बाहेक क्याम्पसहरुमा निर्वाचन नगराउन त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको छ । विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेका पेशागत संघ, संगठनहरुको पूर्वनिर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न, नगराउन भनिएको छ ।

यसअघि त्रिविको कार्यतालिका अनुसार फागुन १८ गते दुई सयवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । तर, अधिकांश ठूला क्याम्पसहरुमा अझै निर्वाचन हुन सकेको छैन ।