
मेची-महाकाली अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको र सरकारले समेत अप्रत्यक्ष रुपमा विफल बनाउन खोजेको भन्दै एमालेले शान्ति सुरक्षाको माग गरेको हो ।
आइतबार राति सुनसरीको इटहरीमा बसेको एमालेको आपत्तकालीन बैठकले मोर्चाका कार्यकर्ताले एमालेको राष्ट्रिय अभियानलाई आक्रमणको धम्की दिनु र गृहमन्त्री बिमलेन्द्र निधीबाटै गम्भीर अभिव्यक्ति आउनुलाई आपत्तिजनक भएको ठहर गरेको छ ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले मेची-महाकाली अभियानको जनलहर देखेर सरकार र मधेसी दल अत्तालिएर एमालेको अभियान असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाए ।
बैठकले मेची–महाकाली अभियान कसैले धम्कीले नरोकिने ठहर गरेको छ । सरकारले शान्ति सुरक्षा दिन नसके प्रतिवाद गर्ने चेतावनीसमेत बैठकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्