२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आरआर क्याम्पसमा स्ववियु चुनाव अन्योलमा, क्याम्पसलाई ‘ब्यारेक’बनाइएको आरोप


0
Shares

क्याम्पसमा अहिले विद्यार्थीहरु चुनाव गर्नु पर्ने र स्थगन गर्नु पर्ने दुई थरीको नाराबाजी सहति प्रदर्शन गरिरहेका छन् । क्याम्पसमा सायौँको संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन भएको छ ।

बिहान आठबजे देखि हुने भनिएको निर्बाचन स्थगित हुने अवस्थामा पुगेको छ । क्याम्पस प्रशासन र एमाले निकट अनेरास्ववियुले एकलौटी ढंगले निर्बाचन गराउने खोजेको भन्दै नेवि संघ र अखिल क्रान्तिकारीले आपत्ति जनाएपछि निर्बाचन अन्योलमा परेको थियो ।

विहानैदेखि क्याम्पस हातामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति र प्रवेशद्वारामा समेत प्रहरीले घेरबन्दी गरेर विद्यार्थीलाई प्रवेश नदिएकोप्रति विद्यार्थी संगठनहरुले विरोध गरेका छन् ।

‘शिक्षालयलाई ‘ब्यारेक’ बनाएपछि निर्बाचन कसरी सम्भव छ ?’विद्यार्थी नेता नरेश रेग्मीले प्रश्न गर्दै भने,‘निर्बाचन गराउने वातावरण नै छैन, एकलौटी चुनाव सम्भव छैन ।’

स्ववियु निर्बाचनकै विषयलाई लिएर यसअघि आरआरमा दुई पटक झडप भएको थियो ।

RR1

झडपमा परी नेवि संघका दर्जन बढी विद्यार्थी अझै घाइते अवस्थामा रहेको नेवि संघ केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलले जानकारी दिए । ‘क्याम्पसमा सुरक्षाको प्रत्याभूति छैन, क्याम्पस भित्र सुरक्षाकर्मी तैनाथ गराउने र एकलौटी निर्बाचन असम्भव छ ।’

यता अनेरास्ववियु सम्बद्ध नेताहरुले भने निर्बाचनको सबै तयारी सकिएको भन्दै सामाजिक संजालमार्फत प्रचार गरिरहेका छन् । उनीहरुले निर्बाचनका लागि कुनै समस्या नरहेको दावी गरेका छन् ।

फागुन १८ गते निर्धारण गरिएको निर्बाचन विवादका कारण स्थगित भएपछि आजलाई मिति तोकिएको थियो ।

यता स्थानीय निर्बाचनलाई मध्यनजर गर्दै निर्बाचन आयोगले स्विवियु चुनाव नगर्न निर्देशन दिइसकेको छ । आयोगले पत्राचार गर्नुअघि नै मिति घोषणा भएकाले त्रिवि र विद्यार्थी संगठनकै सहमतिमा सोमबार चुनाव हुने तय भएको बताइन्छ ।